काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित वडा ६ मा करिब एक करोड लागतमा इच्छेश्वर महादेवको मन्दिर निर्माण भएको छ। स्थानीय समाजसेवी नयनबहादुर पण्डित र बालकृष्ण पण्डितको अग्रसरतामा करिब एककरोड लागतमा मन्दिर निर्माण भएको हो ।
मन्दिरको प्राणप्रतिष्ठा आइतवार गरिए पनि औपचारिक उद्घाटनका कार्यक्रम कोभिडका कारण रोकिएको छ। स्थिति सामान्य हुनसाथ उद्घाटन कार्यक्रम आयोजना गरिने पण्डितले जानकारी दिए।
हेलम्बु गाउँपालिकाको वडा नम्बर ६ मा इच्छेश्वर महादेवको मन्दिर निर्माण गरिएको समासेवी बालकृष्ण पण्डितले जानकारी दिए ।
प्रदेश सरकारको ३० लाख, प्रदेश सांसद युवराज दुलालको सहयोगमा स्थानीय तह पुर्वाधार विकास कार्यक्रमबाट १५ लाख र हेलम्बु गाउँपालिकाको ५ लाख आर्थिक सहयोग तथा अन्य स्थानीयसँग सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको हो ।
पर्यटकीय क्षेत्रका रुपमा चिनिएको हेलम्बुमा हिन्दु धर्मावलम्बीलाई पनि आकर्षण गर्न मन्दिर स्थापना गरिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष बालकृष्ण पण्डितले जानकारी दिए। उक्त मन्दिर निर्माणमा सम्पन्न गर्न थप रकम चाँहिएकाले सहयोगको अपेक्षा समेत गरिएको छ ।








