काठमाण्डौ,गत वर्ष १५० औं स्थानमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्ट्रेलियाका सबैभन्दा धनी मध्ये ९९ औँ नम्बरमा पर्नु भएको छ । त्यस्तै अघिल्लो बर्ष १५१ औं नम्बरमा पर्नु भएकी उहाकी श्रीमती जमुना यो बर्ष १०० स्थानमा पर्नु भएको छ ।
अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको विवरण अनुसार सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित रुपमा ९९ औँ स्थानमा पर्नु भएको हो । घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं धनी महिला पर्नु भएको छ ।
अस्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक समेत रहेका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी रहेको छ ।सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अस्ट्रेलिया पुग्नु भएका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गर्नु बहेको हो । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ भने गुरुङले बिजनेस र मार्केटिङ विभाग सम्हाल्दै आउनु भएको छ । उनीहरुले मेलवर्न सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा व्यवसायिक आवास विकाशमा समेत लगानी गरेका छन् ।
यसैगरी घलेले काठमाण्डौमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल संचालन गर्ने तयारीमा रहनु भएको छ ।







