एकैदिन ७ हजार ८३७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४ लाख ६५ हजार पुग्यो

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १४ लाख ६५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख ६५ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ४ लाख ५३ हजार १७० संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पुगेको छ ।

सम्बन्धित शिर्षकहरु