काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन,यस्तो छ मौसम अनुमान

काठमाडौं  । काठमाडौं उपत्यका लगायतक देशका विभिन्न स्थानमा चिसो बढ्दै गइरहेको छ । सोमवार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।

अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ । भोलि मंगलबार गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ ।

मंसिर १५ गते (सोमबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १६ गते (मंगलबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १७ गते (बुधबार)

दिउँसो : : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित शिर्षकहरु