अष्ट्रेलियाको नागरिकता परीक्षामा परिवर्तन हुँदै, पाँच प्रश्नको उत्तर मिलाउनैपर्ने !

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले नागरिकता सम्बन्धि नीति परिवर्तन गर्ने भएको छ ।

अष्ट्रेलियाले आफ्नो देशको नागरिक हुनका लागि आवेदन दिने योग्य उम्मेद्वारहरुलाई लिने परीक्षामा परिवर्तन गर्ने गर्न लागेको हो । जस अन्तर्गत कूल २० वटा प्रश्न रहनेमा पाँच वटा प्रश्नको उत्तर भने शतप्रतिशत मिलाउनैपर्ने भएको छ । यी प्रश्न अष्ट्रेलियाको मूल्य, मान्यताका विषयमा हुनेछन् ।

अष्ट्रेलियन सरकारले केही समयपछि परिवर्तन गर्न लागेको प्रावधानमा ५ प्रश्न थप गर्न लागिएको हो । कार्यवाहक अध्यागमन मन्त्री एलान टजले अष्ट्रेलियन नागरिकता दिवसको अवसरमा आयोजना हुने सैयौं नागरिकता हस्तान्तरण कार्यक्रमहरुको पूर्वसन्ध्यामा यस्तो परिवर्तनको घोषणा गर्नेछन् । यी परिवर्तनहरु आगामी १५ नोभेम्बर २०२० देखि लागू हुनेछ ।

उनले न्यूज कर्पसँगको कुराकानीमा भनेका छन् हाम्रो अष्ट्रेलियन मूल्य मान्यताहरु अत्यन्तै महत्वपूर्ण छन् । यी मान्यताको विषयमा जानकारी हुनैपर्छ जसले धेरै मानिसहरुलाई अष्ट्रेलियन बन्न आकर्षित गर्ने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु