काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा २ जनाको ज्यान गएको छ । अझै २२ जना हराइरहेका छन्।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको अनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।
यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। प्रहरीको अनुसार स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हो। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्याएको हो।
पीडामा सहयोगि बन्न सक्नु सक्नै मानवीयता हो । तुरुन्त काम , माहादान ।
सिन्धुको यो दु:खमा साथ दिन चाहने र प्रत्यक्ष पीडितहरुको संपर्कमा रहनु हुने मध्यस्तकर्ता कर्ताले bhimsensap@hotmail,/+61434570379 मा सम्पर्क गर्नु होला । यथा सक्दो सहयोग उपलब्ध गराईने छ ।









