टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल

काठमाडौं । टिचिङ अस्पताल महाराजगन्जका दुईजना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरतको बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको छ ।
अस्पताल स्रोतको अनुसार आकस्मिक वार्डका अन्य कर्मचारीहरुको विहबार नमुना संकलन गरिनेछ ।

उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने अस्पतालको तयारी छ । हालसम्म अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको थियो ।

सम्बन्धित शिर्षकहरु