भारतमा एकैदिन थपिए ६७ हजार बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १ सय ५६ जना संक्रमित थपिएका थिए । पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई उछिनी रहेको छ । भारतमा बुधबार नौ सय ५० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय नाघेको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९५ हजार ४ सय ७१ पुगेको छ । १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षकहरु