काठमाडौं उपत्यकामा ९२ जनामा देखियो कोरोना

काठमाडौं । पछिल्लो १४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुसार काठमाडौंका ९० र ललितपुरका २ जना छन्।

यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।

सम्बन्धित शिर्षकहरु