काठमाडौं । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि आइतबारदेखि दुई हप्ताको लागि जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित भएको छ ।
उपत्यकका जिल्ला प्रशासन कार्यालयले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्नको लागि दुई हप्ताको लागि अत्यावश्यक बाहेकका कार्यालय बन्द हु्न गरेको हो ।
एसएमएस विधि पूर्णरुपमा लागू गरेर कार्यालय सञ्चालन गर्दापनि सेवाग्रहीको भिड बढेको कारण बन्द गर्न लागिएको विज्ञप्ति जनाइएको छ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो ।
तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २५ गते देखि भदौ ८ गतेसम्म कार्यालयबाट नियमित गरिने सेवा बाहेक सेवा स्थगित गरिएको हो।
बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
साथै बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।








