थानकोट,भक्तपुर र फर्पिङ नाकामा झण्डै ११ हजारको स्वाब परीक्षण, ४० संक्रमित भेटिए

काठमाडौं । थानकोट, भक्तपुरको साँगा र फर्पिङ नाकामा संकलन गरिएको झण्डै ११ हजार स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौंको थानकोट नाकामा ६ हजार ६४, फर्पिङ नाकामा १ हजार ३०७ र भक्तपुरको साँगामा ३ हजार ४८२ जना गरी १० हजार ८५३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सबै परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको निर्देशक डा. वासुदेव पाण्डेका अनुसार नाकाबाट लुकछिपी छिरेर संक्रमण पुष्टि भएका मानिसको सङ्ख्या यो भन्दा बढी रहेका छन । उपत्यकामा पछिल्लो समय देखिएका अधिकांश संक्रमित उपत्यका बाहिरका रहेका उनले जानकारी दिए ।
काठमाडौंमा स्वाब दिएका अधिकांश बारा, पर्सा, रौतहट, कैलाली र भारतको सितामडीबाट आएको व्यक्त्तिहरु भेटिएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो पटक उपत्यकामा देखिएको संक्रमणले जोखिम बढ्दै गरेकोले नयाँ रणनीति अपनाउने तयारी भइरहेको बताए ।

सम्बन्धित शिर्षकहरु