फागुन १६ । काठमाडौं, कांग्रेसमा संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाको उम्मेदवारी पर्ने लगभग निश्चितजस्तै भएको छ ।
यी तिनै नेताले प्यानल बनाएर सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, पौडेलले सुजातालाई फकाउन आइतबार बिहान सशांकको घरमा बैठक राखेका छन् । तर, दुवै नेताले आफूहरु धेरै अघि बढिसकेको भन्दै अबका बैठकले कुनै अर्थ नराख्ने बताउँदै आएका छन् । सिटौला र सुजाताले अब पछाििड नहट्ने संकेत गरेका छन् । नेता शेरबहादुर देउवा अर्को पक्षबाट एकमात्र सभापतिका उम्मेदवार हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।








