हुम्ला,डोल्पा र जुम्लामा कोरोना संक्रमित शुन्य

सुर्खेत । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला,डोल्पा र जुम्ला जिल्लामा एक जना पनि कोरोना संक्रमित भेटिएको छैन ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित सबै जना भएर घर फर्किएको र मंगलबार यी जिल्लामा नँया संक्रमितको संख्या शून्य रहेको महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाकारी दिए ।
हाल कर्णालीका ७ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । डा. तिवारीका अनुसार सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

सम्बन्धित शिर्षकहरु