काठमाडौँ । टिकट विक्री गरेर कार्यक्रम आयोजना नगरी ठगेको आरोपमा डेजाभुका पाँच र कार्यक्रम आयोजना गर्ने दुई जना पक्राउ परेका छन् । उनीहरूलार्इ महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई डेजाभुमा ल्यार्इ वुधबार बेलुका कार्यक्रम गर्ने भनेर टिकट बिक्रि गरीएपनि डिजे मार्सेमेलो उपस्थित नभएपछि सहभागि दर्शकले डेजाभु तोडफोड गरेका छन् ।
कार्यक्रम आयोजना गर्न नसकेपनि दर्शकको टिकटको पैसा फिर्ता नदिएका कारण दर्शकहरू अाक्रमक भएको बताइएको छ । अनुसन्धानका लागि डेजाभुका प्रवेश श्रेष्ठ, महेश खड्का, पृथु वास्कोटा, मिलन श्रेष्ठ र विशाल डांगी तथा आयोजक रितेश मारवाडी र राजिव महर्जन पक्राउ परेका हुन् ।
महाशाखाका डिएसपी प्रजित केसीका अनुसारअनुमति बिना कार्यक्रम आयोजना गरिएको र टिकट विक्री संख्या अनुसारको आन्तरिक सुरक्षा प्रवन्ध नगरेको पाइएको छ। पक्राउ परेका सातै जनालाई ठगी अभियोगमा अनुसन्धान सुरु गरीएको छ। कार्यक्रममा सहभागि हुनका लागी डिजे मार्समेलो नेपाल आएर होटल द्वारीकामा बसे पनि स्वावस्थका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ ।








