युवा संघ रुपन्देही अध्यक्षको गोली हानी हत्या !

बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानेर हत्या भएको छ । उनलाई देवदह बजारस्थित घर नजिकै अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
गोली लागेर तिवारीको मृत्यु भएको युवा संघ उपाध्यक्ष दिलु पन्तले बताइन्। रातो पल्सर मोटरसाइकल चढेर आएका व्यक्तिले गोली प्रहार गरेको उनको भनाइ छ। प्रहरीका अनुसार गोली चलाएको आरोपमा मनोज राना पुन पक्राउ परेका छन् ।

युवा संघ उपाध्यक्ष पन्तका अनुसार अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ ।

रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार भएका थिए । गोली लागेर घाइते तिवारीलार्इ देवदह मेडिकल कलेजमा लगिएको थियो ।

रुपन्देही प्रहरीका एसपी रविन्द्र धानुकले गोली हान्ने समूहको पहिचान नभएको र खोजी कार्यलाई तिव्रता दिइएको जानकारी दिए । उनका अनुसार भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गरिएको र सम्भावित स्थानमा खोजी तिव्र पारिएको छ ।

सम्बन्धित शिर्षकहरु