सेप्टेम्बर १९ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० सुरु हुदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने निर्णय भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभी मार्फत जानकारी दिइएको छ ।

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

यस्तै कोभिड-१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ ।

लिगमा १० दिन दुई–दुई खेल हुनेछ भने बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।

सम्बन्धित शिर्षकहरु