शरीर वा आत्माको मनोरञ्जनमा के लाई प्राथमिकता दिने ? (भिडियो सहित)

काठमाडौं । मन सोचिरहन्छ, भौंतारिरहन्छ र शरीरको सुरक्षामा खटिइरहन्छ । शरीर र शरीरको यावत क्रियाकलापलाई सतर्कता साथ

नियाल्नु र त्यसलाई सजग गराइरहनु मनको प्रमुख कर्तव्य र दायित्व पनि हो । मन भाव र भावनामा पौडिरहन्छ, तर्क र वितर्क गरिरहन्छ, संष्लेश्षण र विश्लेषणमा डुबेर जे सोच्छ, जे ठान्छ मात्र शरीरको सुरक्षार्थ नै गर्छ ।

तर आत्मा मनजस्तै सतही र सरल सोचको छैन, मनजस्तै शरीरको सुरक्षा मात्र सोच्ने स्वार्थी छैन । आत्मा अलि गहन छ, अलिकति भित्र पस्छ, अलिकति स्वार्थबाट निस्कन्छ र मनले उठाएका तर्क र वितर्क, प्रश्न र उत्तरमा केही गमेर, केही गडेर, केही डुबेर, केही घुसेर अलिकति ठोस, अलिकति धार्मिक, अलिकति सामाजिक, अलिकति नैतिक, अलिकति बुद्धिमान्, अलिकति ज्ञानी, अलिकति सोचनशील, अलिकति चिन्तनशील बनेर शरीर मात्रको स्वार्थबाट उफ्रेर–नाघेर–बचेर बुद्धिमत्तापूर्ण कार्य गर्न खोज्दछ वा गर्दछ ।

आत्मा मनकै अलि गहन पाटो होस् वा दिमागको अर्को कोष भण्डार होस् वा एकै कोषको सकारात्मक वा नकारात्मक पाटो होस्, त्यसले मनभन्दा फरकपन उजागार गर्दछ ।

मन सूर्यको उज्यालो हो भने आत्मा त्यसकै ताप वा शक्ति हो । मन मान्छेको डर वा भय हो भने आत्मा त्यसकै विपरीत निडरता वा निर्भयता हो । मन सतही हो भने आत्मा गहनता हो ।

शरीर वा आत्माको मनोरञ्जनका लाई के लाई प्रथामिकता दिने भनेर विश्वशान्ति तथा अध्यात्मक विज्ञान समाज  (The Global Society for peace and spiritual Science)  GSPSS र अस्ट्रेलियाको पहिलो नेपाली डिजिटल मिडिया असनेपाल न्युज (www.ausnepalnews.com ) को आयोजना  विश्व शान्तीदुत तथा योग आर्चाय योगी आचार्य श्री राजन शर्मा र विश्वशान्ति तथा अध्यात्मक विज्ञान समाज अमेरिकाका संयोजक स्वामी अध्यापतिकले जीवन  रुपन्तरणका लागि उत्प्रेरणात्मक सत्संगमा जीवन कसरी सफल बन्न सकिन्छ भन्ने विषयमा धाराण राख्नु भएको थियो ।

योग आर्चाय शर्माले जीवन कसरी सफल बन्न सकिन्छ भन्ने बारेमा प्रवचन दिनु भएको थियो । उहाँले सफल बन्नको लागि धन, सम्पत्ती नभएको बताउनु भयो । सफल जीवनै सन्तुष्टि, जीवन सन्तुलित, कसैलाई कठिनाई नदिनु नै सफलमा रहेको बताउनु भयो ।

पूरा हेर्नुहोस् भिडियोमा

 

सम्बन्धित शिर्षकहरु