नेपाल-चीनको स्थिरता र विकासमा सकारात्मक योगदान दिने चिनियाँ राष्ट्रपतिको भनाई

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति सीले नेपाल-चीनका जनताहरुलाई बढी फाइदा पुर्‍याउने र देशको स्थिरता र विकासमा सकारात्मक योगदान दिने प्रतिवद्धता जाहेर गरेका छन ।

नेपाल-चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी बधाई सन्देश पठाउँदै राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएका छन ।

सीले भण्डारीलाई पठाएको सन्देशमा दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि एकअर्कालाई सम्मान र समान व्यवहार गरेको, राजनीतिक रुपमा आपसी विश्वास र गहन रुपमा पारस्परिक सहयोग गरिरहेको बताएका छन् ।

राष्ट्रपति सीले चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन तयार रहेको पनि बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ली केकियाङलाई बधाई सन्देश पठाएका छन् । यस्तै, लीले प्रधानमन्त्री ओलीलाई पनि सन्देश पठाएका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि एकअर्कालाई बधाई सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारीले सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीचको सम्बन्धलाई अगामी दिनमा थप मजबुत बनाउनको लागि जोड दिएकी छन् ।राष्ट्रपति भण्डारीले सीले गत वर्ष अक्टोबरमा गरेको नेपाल भ्रमणको स्मरण गराउँदै उक्त अवशरमा नेपाल–चीन बीचको सम्बन्धलाई थप बढाउन रणनीतिक साझेदारी र सहकार्यलाई विकास र सम्वृद्धिको लागि कहिल्यै नटुंगिने मित्रताको रुपमा लिने निर्णय भएको बताइन् ।

भण्डारीले गत वर्षको अप्रिलमा आफ्नो चीन भ्रमणका दौरान महत्वपूर्ण सम्झौता र समझदारी भएको बारेमा पनि स्मरण गराएकी छन् । उनले हासिल गरेको प्रगति र समृद्धिको सराहाना गर्दै चीनले तय गरेको दुई शताब्दीको लक्ष्यहरु सकार गर्न सफलताको काम गरिन् ।

राष्ट्रपति भण्डारीले चीनले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ महामारीको बेलामा अतिआवश्यक मेडिकल सामग्री र आफ्ना ज्ञान, अनुभवहरुको जानकारी दिएकोमा पनि प्रशंसा गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले पनि सीलाई पठाएको बधाई सन्देशमा दुई मुलुक बीच युगौदेखिको गहिरो सम्बन्धलाई जोड दिँदै नेपालले लगातार रुपमा एक चीन नीतिलाई कायम राखेको बताए । ओलीले चीनले जहिले पनि नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको पनि बताएका छन् ।

सम्बन्धित शिर्षकहरु