प्रहरी प्रधान कार्यालय नक्सालका ७२ प्रहरीमा कोरोना

काठमाण्डाै । प्रहरी प्रधान कार्यालय नक्सालमा कोरोना सङ्क्रमित प्रहरीहरुको सङ्ख्या ७२ पुगेको छ । थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिए ।

कडायतले शुक्रबार थप १८ जनालाई पुष्टि भएसँगै सङ्क्रमित प्रहरीको सङ्ख्या ७२ पुगेको बताए ।

बिहीबार बिहान ४४ जना प्रहरीमा सङ्क्रमण देखिएकोमा बेलुका फेरि थप १० जनामा काेराेना पुष्टि भएको थियो । सङ्क्रमित ७२ जनाकै सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

नक्सालका अरु प्रहरीको पनि कन्ट्याक ट्रेसिङ भइरहेको छ । प्रहरीले प्रवक्ता कडायतले कोरोनाको जोखिम बढ्दै गएकाले प्रहरीलाई सावधानी अपनाएर खटिन सर्कुलर जारी गरिएको बताए ।
काठमाडौंका ८१ प्रहरीसहित देशभर २५० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७२, उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ४०, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

सम्बन्धित शिर्षकहरु