प्रकाण्ड साधारण तारेखमा रिहा,सरकारको कडा आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लवका प्रवक्ता प्रकाण्ड साधारण तारेखमा रिहा भएका छन् । विश्वकर्मालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए लगत्तै उनि रिहा भएका हुन् । उनलाई रिहा गर्न सर्वोच्चले दिएको यो पाँचौ आदेश हो ।

मंगलबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्दाको संयुक्त इजलासले उनलाई विनाशर्त रिहा गर्न आदेश दिएको थियो । ।सर्वोच्चको रिहासम्बन्धी पाँचौ आदेशमा बाहिर निस्किएका उनले सरकारको भने खुलेरै आलोचना गरेका छन् ।

मगलबार रिहा भए लगत्तै आफ्ना कार्यकर्ता तथा समर्थककासामु उनले सरकारले आफूलाई मार्न खोजेको तर नसकेको बताए । माईतीघर मण्डलामा आयोजित सभामा उनले सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाए । सरकारले आफू विरुद्ध झुठा मुद्दा लगाएर विभिन्न जाल रचेको बताए । सरकारले आफूहरुलाई दबाउन चाहे पनि जनादेश अनुसार भने सरकार असफल भएको उनको टिप्पणी छ ।

उनलाई अहिलेसम्म काठकमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा म्याद थप गर्दै थुनामा राखिँदै आएको छ । उनीमाथि क्रसर उद्योगमा आगजनी, चन्दा आतंकदेखि लुटपाट मच्चाएको आरोप लगाइएको छ ।
प्रकाण्डलाई सर्वोच्चले पछिल्लोपटक भदौ २८ गते रिहा गर्न आदेश जारी गरेको थियो ।

सम्बन्धित शिर्षकहरु