सुनको भाउ लगातार आकाशियो,तोलाको ९८ हजार २ सय

काठमाण्डौ । सुनको भाउ लगातार आकाशिने क्रम जारी रहेको छ । मंगलबार तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विश्वमा कोरोना सङ्क्रमण भएसँगै सुनको भाउ लगातार उकालो लागिरहेको हो

हिजो सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ । शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको छ ।

सम्बन्धित शिर्षकहरु