काठमाडौं । एसियाली फुटबल महासंघले सातदोबाटोमा रहेको एन्फा मैदानमा रहेको प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एक लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
एएफसीको मुख्यालयमा आज बसेको एन्फा पदाधिकारी र एएफसीका पदाधिकारीबीचको बैठकमा महासंघले एन्फालाइ झण्डै एक करोड ४१ लख बराबरको सहयोग गर्ने सहमति भएको हो ।
एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरे । त्यो रकमले एन्फाले सातदोबाटोको मैदानमा फल्र्डलाई र प्याराफिट बनाउनेछ ।








