युवतीमाथि एसिड प्रहार गर्ने दुई जना सार्वजनिक

काठमाडौं । काठमाडौंको सीतापाइलामा एक युवतीलाई एसिड प्रहार गरेर फरार रहेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

२२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
तेजाब मुन्नाले छ्यापेका थिए। मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

‘केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएका छन्,’एसएसपी थापाले भने,’भारतीय नागरिक आलमका कामदार हुन्। उनलाई प्रहार गर्न लगाएका थिए।’

एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।

सम्बन्धित शिर्षकहरु