पूर्वराज भारत जाँदै,घटनाले नयाँ मोड नलिए हिन्दुराज्य फर्कने निश्चित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन् । सूदुर पश्चिमको भ्रमण रहेकोबेला सुटुक्क भारत पुगेर नेपाल फर्किएका ज्ञानेन्द्र अर्को साता भारत जाने तायारी थालेका हुन् ।  गत पुस तेस्रो साता भारतको उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको विशेष आग्रहमा लखनउ गएपछि भएका विभिन्न भेट र आश्वासनले पनि पूर्वराजपरिवारलाई केही सहज महसुस भएको छ ।

यसपटक पनि फेरि आदित्यनाथको गतिविधिले काम गरिरहेको छ । आदित्यनाथका केही सहयोग यतिबेला काठमाडौंमा रहँदा उता पुर्वराजा पूर्वरानी कोमलसंगै अर्को साता भारतको जगन्नाथ पुरी मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ । पूर्वराजालाई त्यहाँका महाराजा र शंकराचार्यको विशेष निम्तो आएको स्रोतले बताएको छ ।

पूर्वराजा लखनउ गएकै बेलामा उनको जगन्नाथ पुरी दर्शन गर्ने कार्यक्रम तय भएको हो । उनी भारतमा एक हप्ता रहने कार्यक्रम तय भएको छ ।
यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेकाले फेरि नेपाललाई हिन्दू राज्य कसरी बनाउन सकिन्छ भन्नेमा पहल भइरहेको छ । यो पहल केही हदसम्म सफलतातिर पुगेको छ ।

हिन्दूराज्यका लागिमात्र पूर्वराजाको सक्रियता यति बढी हुनसक्छ र रु भन्ने प्रश्नमा स्रोत भन्छ –‘हिन्दू राज्य भएपछि राजसंथा पनि समेटिने प्रयास भइरहेको छ ।’ यस विषयमा नयाँ सरकारको नेतृत्व गर्दै रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि छलफल भइरहेको बुझिन्छ । स्रोतको दावी छ ।

सम्बन्धित शिर्षकहरु