अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर सबैभन्दा कम : राष्ट्रपति ट्रम्प

काठमाण्डौ । जोन हप्किन्स विश्वविद्यालयले सबैभन्दा बढी कोरोना भाईरस संक्रमित अमेरिमा रहेको आँकडा देखाएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो देशमा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गरेका छन ।

फक्स न्युजलाई दिएको अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको दावी गरेका हुन ।

अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ ।

जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ ।

राष्ट्रपति ट्रम्पले भने कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक गलत रहेको दाबी गररेका छन ।

सम्बन्धित शिर्षकहरु