प्रधानमन्त्रीलाई गिराउन गरिएको प्रशारित सामग्रीप्रति जीन्यूजले माफी माग्यो,युट्युबबाट भने हटाइएको छैन

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिराउन आपत्तिजनक रिपोर्ट तथा तस्वीरहरु बनाएकोप्रति भारतीय टेलिभिजन च्यानल जी न्यूजले माफि मागेको छ ।

त्यस्तो आपत्तिजनक कपोल्कल्पित रिपोर्ट प्रसारण गरेर प्रधानमन्त्री ओलीको बेइज्वत गरेपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजले क्षमायाचना गरेको हो ।

जीन्यूज झारखण्डले आफ्नो च्यानल एउटा जिम्मेवार संचार माध्यमा भएकोले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग हुँदा हुँदै यस्तो रिपोर्ट प्रसारण गरिएकोमा दु:ख व्यक्त्त गरेको छ ।

भुलवस गरिएको त्यस्ता प्रसारण सामग्रीले कसैको भावनामा ठेस पुगेमा आफ्नो गल्ति स्वीकार गर्ने बताएको छ ।

वक्तव्यमा भनिएको छ । “हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं, हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।”

त्यसैगरि नेपाली दर्शकको माया पाइरहने र पारस्परिक असल सम्बन्ध भइरहने विश्वास गरिएको छ ।

यद्धपि उक्त्त प्ररित सामग्री युट्युबबाट भने अझै हटाइएको छैन ।

सम्बन्धित शिर्षकहरु