विराटनगर । एक दिन अघिदेखि परिरहेको भारी वर्षाका कारण हुन सक्ने बाढी र डुवानप्रति प्रदेश १ र प्रदेश २ का सुरक्षा निकायलाई पुर्व तयारी भएर रहन सरकारले निर्देशन दिएको छन् ।
शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईवटा प्रदेशका का सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो ।
प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेकोले त्याहाको जनताको उद्धार गर्नको लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिइएको हो ।
मुख्यमन्त्री राउतले यस्तो विपतका लागि चाहिने आवश्यक आवश्यक सामग्रीहरु तुरुन्तै आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।
बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।
प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।
स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका स्थानीय तहहरु सक्रिय हुनुपर्ने उनले बताए ।








