काठमाडौं । नेपाल वायुसेवा निगमका चालक दलका १४ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार १४ जनामा कोरोना पोजिटिभ देखिएको हो।
संक्रमण पुष्टि भएपछि उनीहरुलाई सोल्टी होटलको क्वारेन्टाइनमा राखिएको छ। उनीहरु चार्टड विमानमार्फत नेपालीलाई ल्याउने उडानमा संलग्न चालक दलका सदस्य हुन्।
यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो।








