आन्दोलनमा गोली नचलाउन आदेश

gun-shot-1भदौ  ३० ।  काठमाडौँ,  राजनीतिक आन्दोलनमा  गोली चलाएर प्रदर्शनकारीको ज्यान नलिन सर्वोच्च  अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । वीरगञ्जमा प्रदर्शनका क्रममा  घाँटीमा प्रहरीको गोली लागेका जाकिर मिया हुसेनकी पत्नि विस्मिल्लाह खातुनले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायधीशद्वय वैद्यनाथ उपाध्याय र दीपक जोशीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो । जसमा बाँच्न पाउने संवैधानिक हक रक्षा गर्न सरकारको ध्यान आकर्षण गराइएको छ ।

तराई/मधेसका जिल्लामा प्रहरीको गोली लागी मृत्यु भएका घटना उल्लेख  गर्दै खातुनले त्यसालाई रोक्न गत भदौ १७ मा रिट दायर गरेकी थिइन् । उनका पति वीर अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगलाई रिटमा विपक्षी बनाइएको छ  । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (ख)को प्रावधान लागू गर्न/गराउन माग गरेकी थिइन् । निवेदकको माग संविधान तथा मानवअधिकारका अन्तर्राष्ट्रिय कानुन सम्वत भएकाले सर्वोच्चबाट विपक्षी सबैका नाममा  भएको अन्तरिम आदेशमा ज्यान जानेगरी आन्दोलन नियन्त्रण नगर्न भनिएको छ ।

सम्बन्धित शिर्षकहरु