कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र

काठमाडौं । कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ।

आइतबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा पनि परीक्षा नगर्ने निर्णय गरेको हो।

कक्षा १० मा जस्तै कक्षा ११ मा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर प्रमाणपत्र उपलब्ध गराउने निर्णय परिषद्ले गरेको हो।

कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु