काठमाण्डौ । देशमा लकडाउन भएसँगै बन्द रहेका देशभरका सबै मालपोत कार्यालयहरु आइतबारदेखि खोलिएका छन ।
पछिल्लोपटक थपिएको लकडाउन अवधि नसकिँदै सरकारले भूमिसुधार र मालपोत कार्यालयद्वारा गरिने काम कारबाही अघि बढाउन लागेको हो ।
आइतबारदेखि सबै भूमिसुधार र मालपोत कार्यालय खोलिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागले कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउँदै आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
विभागका अनुसार कार्यालयमा हाजिर हुन प्रमुखलाई अनिवार्य गरिएको छ भने अन्य कर्मचारीहरूलाई प्रमुखले आवश्यकता अनुसार उपस्थित गराउने छ ।








