काठमाडौं, उपत्यका सहित देशभरको मौसम सोमबारदेखि सफा भएको छ । पाँच दिनदेखि लगातार मौसम बदली हुँदै आएकोमा सोमबार बिहानैदेखि देश धेरै भागमा घाम देखिएको छ । तर पश्चिमी उच्च पहाडी क्षेत्रमा भने सोमबार पनि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।
आइतबारदेखि नै देशका धेरैजसो ठाउँको मौसममा सुधार आएको छ ।पानी परेपछि चिसो भने झन बढेको छ । बिहानसम्म मौसममा भएको बदलीले वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । एक दुई दिनसम्म मौसम बदली हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।








