काठमाण्डौ । पाकिस्तानका विदेशमन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम क्वारेन्टिनमा बसेका छन ।
विदेश मन्त्री कुरैशीले ट्वीट गर्दै आफूमा सङ्क्रमण देखिएको जानकारी दिएका हुन ।
सङ्क्रमण पुष्टि भएलगत्तै आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उनले बताएका छन ।
उनले भनेका छन, ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ,अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ । ”
यसैबीच विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । अहिलेसम्म विश्वमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार १ सय २७ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै अमेरिकामा २८ लाख ९० हजार बढी छ । अमेरिकामा १ लाख ३२ हजार भन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६३ हजार बढीको ज्यान गएको छ ।








