विराटनगर । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका प्रहरी हवल्दारले आफैंमाथि गोली हानेका छन ।
मोरङको उर्लाबारी स्थित दुर्गापुरीका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेपछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
न्यायाधीश राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुनसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका प्रहरीले जनाएको छ ।
सोमबार साझ करिब साढे ७ बजे अदालतको छतमा आफैंलाई गोली हानेका खतिवडालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
राति करिब ९ बजे खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
उनले आफूलाई गोली हान्नुको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








