काठमाडौं । मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।
सोमबार बसेको बैठकले भारतले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा नक्सा पारित गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।








