भारतमा एकैदिन १९ हजार ९०६ जनालाई कोरोना

काठमाडौं । भारतमा एकैदिन १९ हजार ९०६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका संक्रमित झन्डै २० हजार थपिएका हुन ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ भने बिहारमा पनि करिब नौ हजार संक्रमित भेटिँदा ५९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ ।

सम्बन्धित शिर्षकहरु