अहिलेसम्म पाकिस्तानका १० क्रिकेट खेलाडीलाई कोरोना पोजेटिभ

काठमाडौं । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप सात खेलाडीमा कोरोना संक्रमण देखिएको छ । यो संख्यासँगै १० क्रिकेट खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार थप ७ खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।

बोर्डले कराची लाहोर र पेशावरमा गरी कुल ३५ जना खेलाडीमा कोरोना परीक्षण गरेको थियो ।

मंगलबार कोरोना पोजेटिभ देखिने खेलाडीमा फखर जमन, इमरान खान, कासिफ भट्टी, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद रिजवान र वाहव रियाज छन् । यसअघि हैदर अली शदाब खान र हरिस राउफलाई कोरोना संक्रमण भएको थियो ।

परीक्षण गरिएकामध्ये अन्य १६ खेलाडीमा संक्रमण नभएको देखिएको छ । यमाद वासिम र उस्मान शिनवारीमा भने यसअघिकै परिक्षणमा नगेटेभ देखिएको थियो ।

सम्बन्धित शिर्षकहरु