काठमाण्डौ । प्रधानमन्त्रीले पाँच करोडको गाडी किन्न लागेको होहल्ला बाहिर आउन लगेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा.मिलेन्द्र रिजालले खबरदारी गरेका छन ।
सांसद डा.मिलेन्द्र रिजालले प्रधानमन्त्रीका लागि पाँच करोडको गाडी किन्न लागेको कुरा सत्य हो भने त्यसको जवाफ माग गरेका छन ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रिजालले सुरक्षा सर्भिलेन्स सहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढाएको बारे गृहमन्त्रीको जवाफ मागेका हुन् ।
सांसद रिजालले भने, ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझै फजुल गर्न सरकारको तयारी हो यो ? जवाफ पाउँ।’
असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएपछि गृहमन्त्रीलाई सांसद रिजालले यो समाचार सत्य हो वा होइन भन्दै स्पष्टिकरणको माग गर्दै प्रश्न गरे ।
उनले खर्च गर्ने ठाउँ नपाएर गाडी खरिद गर्न लागेको भन्दै आपत्ति जनाए ।








