नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु हो ।

मृत्यु हुनेमा मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ।

बिहीबार कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु भएको थियो । बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६५ प्रतिशत छ।

सम्बन्धित शिर्षकहरु