
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको खुसियालीमा रात्रीभोजको अायोजना गरिएको छ । रात्रीभोज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने भएको छ । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रात्रीभोजका लागि नेताहरुलाई निमन्त्रणा गरेका हुन् ।








