
साउन २० । काठमाडौँ सीमांकनसहितको संविधान जारी गर्न एमाले बाधकजस्तो गरी प्रधानमन्त्री सुशील कोइराला र अन्य दलका केही नेताबाट अभिव्यक्ति आएपछि एमाले अध्यक्ष केपी ओली रुष्ट भएका छन् । उनले सीमांकनको विषयमा एमाले बाधक नरहेको तर यसको नाममा संविधान रोक्न नमिल्ने बताएका छन् ।
केही दिनअघि प्रधानमन्त्रीसहित अन्य दलका नेताले आफुहरु सीमांकनसहित संविधान जारी गर्ने पक्षमा रहेको तर एमाले नेताहरुले नमानेको भनी सार्वजनिक टिप्पणी गरेका थिए । ओलीले मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत संविधान बन्न नदिने खेलअन्तर्गत यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन् ।
ओलीले मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत संविधान बन्न नदिने खेलअन्तर्गत यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘संविधान बन्न नदिने खेल मात्र होइन, ओलम्पिक खेल नै भइरहेको छ । , तर यसलाई एमालेले असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ ।’
१६ बुँदे सहमति विपरीत गएर संविधान नै जारी हुन नदिने प्रयास भइरहेको ओलीले संकेत गरे । ‘मैले प्रधानमन्त्तीलाई हिजो (सोमबार) बिहानै भनिदिएको थिएँ, सीमांकन गर्ने कुरामा एमाले बाधक बन्दैन,’ ओलीले अर्को ट्वीटमा भनेका छन् ।
संविधान बन्न नदिन खेल मात्र होइन, अोलम्पिक खेल नै छ, तर एमालेले यसलार्इ असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ ।
— K.P. Sharma Oli (@kpsharmaoli) August 4, 2015
मैले हिजो बिहान नै प्रधानमन्त्रीज्यूलार्इ भनिदिएको थिएँ, सीमाङ्कन गर्ने कुरामा एमाले बाधा बन्दैन ।
— K.P. Sharma Oli (@kpsharmaoli) August 4, 2015








