अमेरिकी दूतावासले प्रयोग गर्‍यो लिम्पियाधुरासहितको नेपालको नक्सा

काठमाडौं । अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग समेटिएकाे नक्सा प्रयाेगमा ल्याएकाे छ। सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो।

हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा भर्खरैमात्र प्रतिनिधिसभाले पारित गरेकाे छ। सरकारले पनि आफ्नाे आधिकारिक प्रयाेगका लागि नयाँ भूभाग समावेश भएकाे राजनीतिक नक्सा सार्वजिनक गरेकाे थियाे।

सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेकाे अमेरिकी दूतावासले यसकाे प्रयाेग हाे। अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो।

सम्बन्धित शिर्षकहरु