भारतीय अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।

मुम्बईस्थित आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुत ३४ वर्षका थिए ।

उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका थिए ।

उनी बलिउडका चर्चित कलाकार मानिन्छन्।

के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुले पनि उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित शिर्षकहरु