सिमा सुरक्षार्थ खटिएका प्रहरीमाथि आइलाग्ने एक भारतीयको गोली लागेर मृत्यु, दुई घाइते

काठमाडौं । सर्लाहीको नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीमाथि एक्कासी आक्रमणमा उत्रिएका एक भारतीय एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा रहेको प्रहरी क्याम्पमा आएर पाल खोस्ने, ढुङ्गा मुँढा गर्ने तथा बन्दुक सम्म खसेर लगेपछि प्रतिरक्षाको लागि नेपाल प्रहरीले गोली चलाउदा ती भारतीयको मृत्यु भएको हो । शुक्रबार भएको घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन भने दुई भारतीय घाइते भएका छन ।

भारतबाट जबरजस्ती नेपाल प्रवेश गर्दै प्रहरी माथि आक्रमण हुँदा शसस्त्र प्रहरीले चलाएको गोली लागि एक भारतीय नागरिकको मृत्यु भएको हो । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्नु र त्यस क्रममा हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको बताएका छन ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चेकपोस्टमा सशस्त्र प्रहरीको हतियार भारतीयहरु भागेका थिए । उक्त्त समुहमा १ सय ५० जना जति आएका उनिहरुले चेकपोस्ट तोड्ने, फोड्ने पाल खोस्ने जस्ता आक्रमण गर्न थालेपछि झडप सुरु भएको स्थानीयले बताएका छन ।
घाइते सशस्त्र प्रहरीहरुको सर्लाहीको मङ्ग्वा अस्पतालमा उपचार भइरहेको छ भने दुई जना भारतीयको बिहारको सितमणी अस्पतालमा उपचार भइरहेको छ । केही भरतीयहरु प्रहरीको नियन्त्रणमा रहेका छन ।

उनिहरु तस्करको समुह भएकोले तस्करी गर्न नपाएपछी प्रहरीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीयको भनाई अनुसार त्यस क्षेत्रमा भारतीय प्रहरी खटिएका र घटना देखेर पनि केही नबोली बसिरहेका थिए ।

सम्बन्धित शिर्षकहरु