ड्युटीमा रहेका सैनिक मृत भेटिए

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ड्युतिमा रहेका एक सुरक्षाकर्मी शरीरमा गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएका छन ।

वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत ती सुरक्षाकर्मी बिहीबार राती यसरी मृत अवस्थामा भेटिएका हुन ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका अनुसार मध्यराति भेटिएको शव हेर्दा एसएलआरबाट आफैंले गोली चलाए जस्तो अनुमान गर्न सकिन्छ ।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि थाप अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ ।

यतीबेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शवलाई पोष्टमार्टम गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु