बर्दिबास । वैशाख १२ लेख भग्नावशेषमा परिणत भएका दुईवटा गाउँमा एकीकृत बस्ती निर्माण गरी वाहवाही बटुलेका कलाकार सीताराम कट्टेल धुर्मुस यतिबेला बर्दिबास छन् ।
उनी बर्दिबास नगरपालिकाका विपन्न मुसहरहरूका लागि एकीकृत बस्ती बनाउन उनी त्यहाँ पुगेका हुन् ।
धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेल बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाडौंबाट बर्दिबास पुगेको बताउँछन् ।
“पुस्तौँ पुस्तादेखि अति दयनीय जीवन विताउने मुसहर समुदायका लागि केही गरौँ भनेर यहाँ आएको हुँ,” उनले भने, “यो सद्भाव अभियान पनि हो ।”
धमुर्स—सुन्तली फाउन्डेशनले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका २७० जना मुसहरको अनुहारमा खुस छाएको छ । “मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासको मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ,” उनले भने, “सबै तिरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुनेमा मेरो विश्वास छ ।” सीतारामले अगाडि थपे, “हामी सबै खटिएमा देश अवश्य बन्छ ।”
४ करोड ७८ लाख लागतमा मुसहर बस्ती निर्माण कार्य हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित काम सुरु गरेको धुर्मुस—सुन्तली पाउन्डेसनले जनाएको छ ।
फाउन्डेशनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ पनि मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने जनाएको छ ।








