पैदलयात्रीको जुत्ता पालिस गर्दै कांग्रेस नेताहरु

काठमाडौं । शहीद दिवसको बिहानै कांग्रेस नेताहरु बानेश्वरको सडक छेउमा लहरै बसेर पैदलयात्रीको जुत्ता पालिस गरिरहेका देखिए । यस फरक दृष्यले सबैलाई अचम्मित तुल्यायो । पछि बुझ्दै जाँदा थाहा भयो उनीहरु राजनीति शुद्धीकरण अभियानका लागि भन्दै सडकमै जुत्ता पालिस गरिरहेका रहेछन्।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा जुत्ता पालिस गरिएको कांग्रेस नेताहरुले बताए । उक्त कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङ लगायत सहभागी थिए ।

सम्बन्धित शिर्षकहरु