जापानमा पहिलो यन्त्रमानव (एन्ड्रोइड) समाचारबाचिका सार्वजनिक

टोकियो, जापानी वैज्ञानिकहरूले प्राकृतिक मानव जस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव (एन्ड्रोइड) समाचारबाचिका सार्वजनिक गरेको छ र उनी यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरेका छन् ।

यी जुलाई २४ तारिख मङ्गलबारको दिन सार्वजनिक गरेको यो मानवयन्त्र समाचारबाचिकाको नाम कोदोमोरोइड रहेको छ र यस शब्दले कोदोमो (बाल) र एन्ड्रोइड भन्ने शब्दको समास भन्ने बुझाउँछ ।

यी समाचारबाचिकाले टोकियोमा एक भूकम्प तथा एफबीआईले गरेको छापा मार्ने कार्यका विषयमा समाचार पढेकी थिइन् ।

कार्यक्रममा उनले आफ्ना सर्जक प्राध्यापक हिरोसी इसिगुरोलाई ‘‘तपाईं त एउटा रोबोट जस्तै देखिनु भयो त ?’’ भनी हाँसो समेत गरिन् ।
कार्यक्रममा कोदोमोरोइडलाई अर्को एक रोबोटले जिस्क्याउन पुगेको थियो र उसले उनको परिचय पनि सोधेको थियो ।

‘ओटोनारोइड’ ‘म अलिकति डराएँ’ । उनले उक्त रोबोटलाई भनिन् । यहाँ ‘ओटोना’को अर्थ वयस्क भन्ने लाग्छ ।

यी दुबै एन्ड्रोइडले टोकियोस्थित नेसनल म्युजियम अफ इमर्जिङ साइन्स एण्ड इन्नोभेसनमा रहेर इसिगुरोको मानवको यन्त्रसँग अन्तरक्रियासम्बन्धी अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न आगन्तुकसँग अन्तरक्रिया गर्नेछन् ।

इसिगुरोले मानिसको जीवनमा भविष्यमा थप रोबोट आउने बताउनुभयो । उहाँले व्यक्तिले चाहेमा यस रोबोटको शरीर सुटकेसमा तथा टाउको हाते झोलामा राखेर विमानबाट अन्यत्र लैजानसक्ने बताउनुभयो ।

इसिगुरोले आफ्नै प्रतिलिपिको एन्ड्रोइड बनाउनुभएको छ र उहाँ त्यसलाई विदेशमा भाषण दिन पठाउनुहुन्छ ।

उहाँका अनुसार यसले उहाँको यात्रा–समय घटाएको छ । उहाँले प्रविधिको विकासले रोबोट मानव जस्तै देखिने, काम गर्न सक्ने बनाउने र त्यसले मानवलाई आफ्नो मूल्यको विषयमा सोच्न बाध्य बनाउने बताउनुभयो ।

कोदोमोरोइडले सङ्ग्रहालयमा विज्ञानका विषयमा जानकारी दिने नयाँ भूमिका आरम्भ गर्नु अगाडि ओटोनारोइडले उनको जिब्रो, घाँटी आदिको तार परीक्षण गरेको थियो ।
इसिगुरोले यी दुबै यन्त्रमानव यस सङ्ग्रहालयमा आफ्नो अनुसन्धानका लागि मूल्यवान प्रमाणित हुने बताउनुभयो । यहाँ आगन्तुकले यी दुई यन्त्रमानवसँग कुराकानी गर्नेछन् र आफनै लागि उनीहरूको उपयोग गर्न प्रयास गर्नेछन् ।

प्राध्यापक इसिगुरोले यसले मानव के हो भन्ने प्रश्नमा खोजी गर्न महत्वपूर्ण सामग्री उपलब्ध गराउने बताउनुभयो । उहाँले रोबोट बढ्दो रूपमा चलाख बनुन् भन्ने चाहना राखिएको बताउनुभयो ।

सफ्टब्याङकले तयार गरेको घरेलु सहायक नामक मानवरोबोट आउँदो वर्ष दुई हजार अमेरिकी डलरमा जापानी बजारमा आउने भएको छ । उक्त
रोबोटलाई गत यस महिनाको आरम्भमा सफलतासाथ प्रस्तुत गरिएको थियो ।
इसिगुरोले यो ल्यापटपको मूल्य बराबर भएको बताउनुभयो ।

हाल मानव र मेसिनबीचको रेखा बिस्तारै धमिलो हुँदै गएको छ । इसिगुरोको समाचारबाचकले उसका मानवसमकक्षीबीच अचम्मलाग्दो तरिकाले आफूलाई प्रस्तुत गरेका छन् । कोदोमोरोइडले आफूले भविष्यमा आफ्नै टीभी कार्यक्रम सञ्चालन गर्न चाहेको बताइन् । एएफपी

सम्बन्धित शिर्षकहरु