कोभिड आयुर्वेदिक अस्पतालको अवधारणाको साथ जगदगुरु रामानन्दाचार्य सेवापीठको भवन

काठमाडौं । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।विश्वव्यापी महाविपदको अवस्थामा विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि सेवापीठले होल्डिङ् केन्द्रको रुपमा आफ्नो भवन दिएको हो ।

श्रीरामानन्दाचार्य सेवापीठ होल्डिङ् केन्द्रमा नेपाली सेनाको उच्च सुरक्षाको साथ सेवा सुरु भएको छ । देशलाइ परेको यो महाविपदको अवस्थालाइ मध्यनजर गर्दै श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधिश्वर महायोगी सिद्धबाबाले उपलब्ध गराउनु भएको होल्डिङ् केन्द्रमा सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार हुनेछ ।सिद्धबाबा आफैमा पनि आयुर्वेदेकका विज्ञ हुन् ।

त्यसकै प्रभावले पनि त्यस केन्द्रमा रहेका लागि आयुर्वेदिक पद्धतिमै जोड दिन लागिएको हो ।संकटको बेला सरकार र आम नेपाली जनताको विपदमा साथमा साथदिने पाउँदा संस्थाले गौरव महशुस गरेको आश्रम व्वस्थापन समितिले जनाएको छ ।कोरोनाको प्रभाव नेपालमा देखिएदेखि नै आवश्यक परेको बेला श्रीरामानन्दाचार्य सेवापीठको भवन प्रयोग गर्न सिद्धबाबाले अनुरोध गर्दै आएका थिए ।

त्यसै अनुरुप प्रदेश १ सरकारले सिद्धबाबाको आश्रमलाई कोरोना अस्पताल केन्द्र बनाउने निर्णय गरेको हो । एटेज बाथरुम सहित रहेको सुविधा सम्पन्न भवन बिरामीको लागि अझ सहज हुने दाबी गरिएको छ ।

६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु भएको हो । साथै श्रीरामानन्दाचार्य सेवा पीठको दक्षिण तर्फ रहेको साधना हलमा नेपाली सेनाको आवाशको रुपमा प्रयोग गरिएको छ ।कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र कोरोना रिपोर्ट पोजेटिभ आएका तर सामान्य प्रकृतिकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ । त्यहाँ सुनसरी र उदयपुर तथा पहाडी क्षेत्रका संक्रमितलाई राखेर उपचार गर्ने सरकारको तयारी छ ।

जगद्गुरू श्रीरामानन्दचार्य सेवापीठले जीव जगतको कल्याण तथा राष्ट्र सेवामा समर्पित संस्था रहेको र आपद-विपदमा विभिन्न सेवा र सहयोगहरु गर्दै आइ नै रहेको छ ।भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ् हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ आश्रम अघि बढेको छ ।हाल आश्रममा महायोगका विधार्थी, आजीवन साधु र अन्य भक्तहरु रहदै आएका छन् । आश्रममा नियमित पूजा अनुष्ठान, ध्यान साधनाका साथै विभिन्न सेवाहरु चलिरहेको छ ।

सम्बन्धित शिर्षकहरु