काठमाडौं । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको प्रकरणमा निकै नै आक्रमक शैलीमा आवाज उठाउने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस यती बेला भने सेलाएको छ । बालिका निर्मला पन्तको हत्या भएको करिव ५ महिना बितिसक्यो । यो ५ महिनाको अवधिमा प्रतिपक्ष दल कांग्रेस केन्द्रदेखि पश्चिम नेपाल कञ्चनपुरसम्म तन्किए पनि पछिल्लो समय खुम्चिएको छ ।
यतिमात्र होइन कांग्रेस नेता गगन थापाले कञ्चनपुरमै पुगेर छोरीको न्यायकोलागि अनसनरत निर्मलाका बुवा यज्ञराज पन्तसंग अनसनस्थलमा बसेरै निर्मलालाई न्याय दिलाउने प्रतिपद्दता समेत जनाएर काठमाडौँ फर्किए तर कांग्रेस नेता गगन थापाले गरेको प्रतिवद्दता ५ महिना बितिसक्दापनि ओझेलमै छ ।
यसका अलावा कांग्रेसले निर्मलाको बलात्कार र हत्याको अनुसन्धानबारे पछिल्लो समयमा भइरहेका अनुसन्धानबारे संसदलाई जानकारी दिनुपर्ने भन्दै संसद अवरुद्द गरेको थियो । यससंगै निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले केन्द्रिय सदस्य एम पुर्व भौतिक मन्त्री विर बहादुर बलायर, कांग्रेस नेता दिलेन्द्र प्रसाद बडु लयाएतको टोली कञ्चपुर खटायो ।








